`

ढिलै भएपनि बायुसेवा निगम उकालोतर्फ लाग्यो : मन्त्री किराँती

Nepal One HD १३ माघ २०८० १३:०६
प्रमुख खबर

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ढिलै भएपनि बायुसेवा निगम उकालोतर्फ लागेको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल वायुसेवा निगमको भवन शिलान्यास गर्दै मन्त्री किराँतीले निगमभित्रका बिभिन्न पक्षलाई सुधार गर्दै ढिलै भएपनि ओरालो यात्रा अन्त्य भएर उकालोतर्फ लागेको बताएका हुन् ।

उनले दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको र अन्तर्राष्ट्रिय तथा ट्रंक रुटमा उडानका लागि जहाजको लिज प्रोसेस अन्तिम चरणमा पुगेको जानकारी दिए । केहि बाह्य र आन्तरिक कारणले निगम कमजोर भएकाले बिगतको पाठ सिक्दै बलियो बन्नुपर्ने उनले बताए । मन्त्री किराँतीले यहि संरचनाबाट निगमलाई बलियो बनाउने र त्यसो हुन नसके करार व्यवस्थापनमार्फत निगमलाई सञ्चालन गर्ने उल्लेख गरे ।

उनले न्युरोडमा रहेको निगमको भवनलाई पनि व्यसायीक रुपमा प्रयोग गर्ने बताए । त्यस्तै उनले मन्त्रालयको कार्यभार सम्हाल्दासम्म देशको जितका लागि काम गर्ने जिकिर पनि गरेका छन् ।


प्रतिक्रिया