`

सत्ताको दुरुपयोग गरेर जघन्य अपराधमा संलग्नलाई माफी दिने काम भयोः अध्यक्ष ओली

Nepal One HD १४ माघ २०८० १६:०७
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको न्यायप्रणाली प्रभावकारी नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा एसिड(तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा अध्यक्ष ओलीले नेपालको न्याय प्रणाली दोषी भएपनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्यायप्रणाली प्रभावकारी नभएको बताएका हुन् ।

उनले भने, ‘नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो । मानव विरुद्धको जघन्य अपराधमा सोझै सत्ता दुरुपयोग गरेर माफी दिने काम भइरहेको छ । त्यसैले यतिबेला उठिरहेको प्रश्न भनेको हाम्रो न्याय प्रणालीमाथि हो ।’

अध्यक्ष ओलीले एसिड पीडितहरूका बारेमा प्रधानमन्त्रीसँग भेटेर एउटा एजेण्डाको रुपमा नै छलफल गर्ने प्रतिबद्धता जनाए । उनले प्रावधान बनाएर मात्र एसिड विक्री वितरण गर्नुपर्नेमा जोड दिए । एउटा निर्दोषलाई चाहिँ फसाइदिने र दोषीलाई चाहिँ उम्काइदिने काम भइरहेको बताए । त्यसैले न्याय प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।


प्रतिक्रिया