`

एमालेले बोलायो संसदीय दलको बैठक

Nepal One HD १९ माघ २०८० ११:२५
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुवै दिन बस्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । आगामी सोमबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल गर्न एमालेले दलको बैठक बोलाएको हो । अधिवेशनको तयारीका विषयमा अन्य दलहरूले पनि दलको बैठक राखेका छन् ।


प्रतिक्रिया