`

प्रधानमन्त्री र ओलीबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिमरुप दिने विषयमा छलफल

Nepal One HD १९ माघ २०८० ११:३६
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीति र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिमरुप दिने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पीडितमैत्री बन्नुपर्छ भन्ने पार्टीको अडान यथावत रहेको र त्यसलाई सहमतिमै टुंग्याउने विषयमा छलफल भएको उनले बताए ।


प्रतिक्रिया