आसन्न दोहा सम्मेलनमा सक्रिय भूमिकाका लागि अफगान महिलाहरूद्वारा राष्ट्रसङ्घसँग आग्रह


अफगानी महिला आन्दोलनका प्रमुख सदस्यहरूले अफगानिस्तानमा हुने दोहा सम्मेलनमा महिलाहरूको सक्रिय सहभागिताको वकालत गर्न संयुक्त राष्ट्रसङघलाई आग्रह गरेको खामा प्रेसले जनाएको छ ।
संयुक्त राष्ट्रसङघलाई पठाइएको पत्रमा अफगान महिलाहरूसँग परामर्श नगरी अफगानिस्तानको भाग्यबारे हुने कुनै पनि निर्णय स्वीकार्य नहुने बताइएको छ ।
राष्ट्रसङलाई पठाएको खुला पत्रमा लगभग १० वटा विरोध आन्दोलनका हस्ताक्षरहरु समावेस छन् । महिला अधिकारकर्मीहरूबीचको भर्चुअल बैठकपछि बुधवार उक्त पत्र जारी गरिएको हो ।
संयुक्त राष्ट्रसङघको दोहा सम्मेलन फेब्रुअरी १८–१९ का लागि तय भएको छ । अफगानिस्तानको बिषयमा केन्द्रित यो दोस्रो दोहा सम्मेलन हो । संयुक्त राष्ट्रसङघले लगभग आठ महिना अघि पहिलो सम्मेलन आयोजना गरेको थियो ।
प्रारम्भिक दोहा सम्मेलनमा अफगान महिलाहरूको प्रतिनिधित्व नभएको बताइएको छ ।यसबाहेक, संयुक्त राष्ट्रसङघलार्ई पठाइएको पत्रमा अफगानिस्तानमा केटीहरूको मानहानि हिरासत, लैङ्गिक हिंसादेखि लैङ्गिक रङ्गभेदका कार्यसहित महिला अधिकारको उल्लङ्घनलाई ध्यानमा राख्दै महिलाको अर्थपूर्ण उपस्थिति महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।
यस सम्मेलनमा सहभागी हुन तालिवान सरकारका अधिकारीहरूलाई पनि निमन्त्रणा गरिएको छ ।अफगानिस्तानमा महिलाहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएकाले विगत साढे दुई वर्षदेखि तालिबानले महिलाविरुद्ध गरेको कठोर कारबाहीविरुद्ध महिला अधिकारकर्मीहरू लडिरहेका छन् । पछिल्लो समयमा उनीहरूलाई सम्मेलनमा अर्थपूर्णरूपमा समावेश गर्नुपर्ने तर्क गरिरहेका छन् ।
महिला अधिकारकर्मीहरू मध्येका एक मिना रफीकले तालिबानको नीतिलाई सक्रिय रूपमा विरोध गर्ने महिलाहरूलाई दोहा सम्मेलनमा आमन्त्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । अघिल्ला सम्मेलनहरूमा, वास्तविक महिला प्रतिनिधिहरू अनुपस्थित रहेकाले प्रभावकारी नभएको बताउदै दोहा सम्मेलनमा तालिवानका नीतिहरूको सक्रिय रूपमा विरोध गर्ने र लड्ने महिलाहरूलाई आमन्त्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।
खामा प्रेसका अनुसार दोहा सम्मेलनले टर्कीका पूर्व कूटनीतिज्ञ फेरिदुन सिनिरिओग्लुले राखेका प्रस्तावहरूबारे छलफल र वार्ता गर्नु हो ।स्रोतका अनुसार यस सम्मेलनमा अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङघका लागि नयाँ दूत नियुक्तिका बारेमा छलफलसमेत हुनेछ ।