मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग
प्रमुख खबर
काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि कारबाही गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा मन्त्री दोषी भएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको अवस्थामा कारबाही नगरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सुरक्षाकर्मीलाई मात्र कारबाही र मन्त्रीलाई उन्मुक्ति दिन खोजिएको भन्दै त्यो एमालेलाई स्वीकार्य नहुने बताए । उनले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
