गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौँ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित भएको छ । गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाटसूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी थिइन् । त्यसपछि बैठकमा सभामुख देवराज घिमिरेले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिएका थिए । सुवाललाई विरोधको सूचना फिर्ता लिनका लागि समय दिइएको थियो ।
तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् । त्यसपछि सभामा उक्त सूचना स्वीकृत÷अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्ताैलाले गणपुरक संख्याको माग गरेका थिए ।
गणना गर्दा २७५ सदस्यीय प्रतिनिधिसभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेको पाइएको थियो । त्यसपछि सभामुख घिमिरेले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । यसपछि बिहीबार कार्यसूचीमा रहेका सूचीहरु हटाइएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
