`

मिटरब्याजीलाई सरकारले संरक्षण गरेको सचिव भट्टराईको आरोप

Nepal One HD ११ फागुन २०८० ११:४०
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले बालकुमारी घटनाका दोषीलाई कारबाहीको माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने बताए ।

उनले जाँचबुझ आयोगको प्रतिवेदन संसदमा बुझाउनसमेत आग्रह गरे । त्यस्तै उनले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँडेको भन्दै अपत्ति जनाए ।

त्यस्तै उनले टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा दिनुपर्ने बताए । उनले छानविनलाई निष्पक्ष बनाउन मन्त्री पदमा बस्न नमिल्ने बताए ।

त्यस्तै सचिव भट्टराईले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको भन्दै मिटरब्याजीहरु गठबन्धनका नजिकका मान्छे भएको आरोप लगाए ।


प्रतिक्रिया