`

मध्य गाजामा इजरायली विस्फोट, ४० को मृत्यु

Nepal One HD ११ फागुन २०८० १३:२७
विश्व

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित  मिडिया कार्यालयले विज्ञप्तिमार्फत यसबारे जनाएको हो ।

  प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार  इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको उल्लेख गरेको छ ।

इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुरÞ्याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो ।    चिकित्सा स्रोतका अनुसार अल–अक्सा शहीद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।


प्रतिक्रिया