`

इजरायलको बस्ती निर्माण गर्ने योजनाको प्यालेस्टाइनद्वारा निन्दा

Nepal One HD १३ फागुन २०८० ७:२७
विश्व

प्यालेस्टाइनी प्रधानमन्त्री मोहम्मद श्तेयेहले वेस्ट बैंक र पूर्वी जेरुसेलममा ३ हजार नयाँ बस्ती एकाइहरू निर्माण गर्ने इजरायलको योजनाको निन्दा गरेका छन् । इजरायलले जेरुसेलमको पूर्वमा माले अदुमिम बस्तीमा करिब २ हजार ३५० आवास एकाइहरू, शहरको दक्षिणपूर्व केदार बस्तीमा लगभग तीनसय इकाइहरू र ७ सय घरहरू निर्माण गर्ने योजना बनाएको छ ।

प्यालेस्टाइनी प्रधानमन्त्रीले विज्ञप्ति जारी गर्दै बस्ती निर्माण योजना अन्तराष्ट्रिय समुदायका लागि स्पष्ट चुनौती र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाको सम्भावनालाई कमजोर पार्ने प्रपञ्च भएको बताएका छन् ।

उनले इजरायलले आफ्नो नयाँ बसोबासका कदमहरूको घोषणाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा अमेरिकी भिटो शक्तिको समर्थनबाट हौसिएर कानूनको अवहेलना गर्ने हठ उजागर गरेको देखिन्छ । इजरायली बस्तीहरूको विस्तार प्यालेस्टाइन–इजरायली द्वन्द्वको सबैभन्दा विवादास्पद पक्षको रूपमा खडा भएको छ । सन् २०१४ मा दुई पक्षहरू बीचको शान्ति वार्ता असफल हुनुमा यो नै प्रमुख कारण थियो ।


प्रतिक्रिया