`

इजिप्टको नाइल नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु

Nepal One HD १४ फागुन २०८० ७:४५
विश्व

इजिप्टको राजधानी कायरो नजिकै नाइल नदीमा एउटा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य चार जनालाई अस्पतालमा भर्ना गरिएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजिप्टको राज्य–सञ्चालित अहराम अनलाइन समाचार वेबसाइटले जनाए अनुसार सो डुङ्गाले कम्तिमा १० जना कामदार बोकेर गीजा गभर्नरेटको निकलाह गाउँतर्फ जाँदै गरेको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति अनुसार अस्पतालमा भर्ना भएका चारमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको उपचार भइरहेको छ । बेपत्ताको खोजीका निम्ति दुर्घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया