खनाल र चिनियाँ राजदूतबीच समसामयिक राजनीतिका विषयमा छलफल
प्रमुख खबर
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न चिनियाँ राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेका थिए ।
भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए । भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको खनालको सचिवालयले जनाएको ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
