अंकारामा आइएसविरुद्ध कारबाही तीव्र

विश्व

टर्कीका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको बताएका छन् । अङ्कारामा, अभियोजकहरूले “तेभिद म्यागजिन“ सँग जोडिएका २० जना आइएस गतिविधिसँग सम्बन्धित रहेका व्यक्तिहरूलाई वारेन्ट जारी गरेको छ ।
उनीहरूले राजधानीमा विभिन्न किसिमका अराजक गतिविधि गरेको पाइएको छ । गत जनवरीमा टर्किएको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा भएको आक्रमणमा प्रहरीले थुप्रै आइएस संदिग्धहरूलाई पक्राउ गरेको थियो ।टर्किएले सन् २०१३ मा आइएसलाई आतङ्कवादी समूहको रूपमा पहिचान गरेको थियो भने सन् २०१५ देखि समूहले थुप्रै घातक हमलाहरू सञ्चालन गरेको छ ।सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएदेखि सिरियासँगको टर्कीको दक्षिणी सीमा सिरियाली र विदेशी लडाकुहरूको लागि प्रमुख ट्रान्जिट मार्ग भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट