`

नेदरल्यान्डससंग नेपाल पराजित

Nepal One HD १६ फागुन २०८० १५:१६
खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्ससंग नेपाल २ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्रै बनाएको हो ।
यससंगै सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजित भएको थियो । अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालका लागि सबैभनदा धेरै दिपेन्द्र सिंह ऐरीले ६३ रन बनाए । उनले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरी ५० रन जोडे । बलिङमा नेपालका करण केसी र कुशल मल्लले समान एक विकेट लिए।


प्रतिक्रिया