`

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

Nepal One HD १२ कार्तिक २०८३ १९:४७
राजनीति

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबिच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उनले स्पष्ट पारे।

राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति संवेदना व्यक्त गरे। स्विट्जरल्याण्ड र नेपालबीच लामो समयदेखिको सम्बन्ध भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *