कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया महिलाको मृत्यु
समाचार
कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३ तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री गजेहडाकी ६३ वर्षीय जलिया थारुको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
