`

भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी

Nepal One HD १२ कार्तिक २०८३ १८:१३
विश्व

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी दोहोर्‍याएका छन्।आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारिक दबाबबाट समाधान भएको उनको भनाइ छ।

टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित चुनावी सभामा उनले दुवै देशका प्रधानमन्त्रीलाई युद्ध जारी राखे अमेरिकासँग व्यापार गर्न नदिने चेतावनी दिएको बताए। उक्त दबाबपछि युद्धविराम भएको र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफूले कम्तीमा तीन करोड मानिसको ज्यान बचाएको बताएको उनको दाबी छ।

भारतले भने द्वन्द्व रोक्न बाह्य मध्यस्थताको भूमिका रहेको दाबी अस्वीकार गर्दै आएको छ। भारतका अनुसार पाकिस्तानका सैन्य कारबाहीका महानिर्देशकले भारतीय समकक्षीसँग आग्रह गरेपछि अपरेसन सिन्दूरका क्रममा युद्धविराम भएको थियो। भारतले पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी हमलाको जवाफमा मे ७ मा उक्त अभियान सुरु गरेको र मे १० मा रोकेको थियो।

ट्रम्पले आठ युद्ध समाधान गरेको भन्दै आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पनि गरेका छन्। नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा सन् २०२६ को पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लेलाई दिने घोषणा गरेपछि उहाँले छनोटको आलोचना गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *