`

स्थानीय निर्वाचनमा दलगत प्रभाव हटाउन उज्यालो नेपालको माग

Nepal One HD १२ कार्तिक २०८३ १८:०५
प्रमुख खबर

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सञ्चालन गर्न र विदेशमा रहेका नेपालीलाई आफ्नो स्थायी ठेगानाको स्थानीय तहमा मतदान गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय निर्वाचनमा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पार्टीले गैरदलीय निर्वाचन प्रणालीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी सुधार गर्न तथा विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *