`

एमालेले संसदमा भन्योः प्रधानमन्त्री हराउनुभयो, खोजी गरियोस्

Nepal One HD १८ फागुन २०८० ११:५७
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै विशेष समय लिएर एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री ंसंसदमा उपस्थित नभएको भन्दै खोजी गरेका हुन् ।

उनले प्रधानमन्त्रीको खोजीका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भए बनाउन आग्रह गरे । उनले भने, ‘सरकार जवाफदेही भएन, प्रधानमन्त्री हराउनुभयो । खोजी गर्नुपर्यो । यो संसदले उच्चस्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो, कति दिन समय चाहिने हो ।’

त्यस्तै सांसद थापाले दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएपनि सरकार उनीहरुको मागप्रति गम्भीर नभएको आरोप लगाए । उनले बालकुमारी घटनालगायतका विषयमा सभामुखले फागुन ६ देखि प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपनि प्रधानमन्त्री अनुपस्थित नभएर छोरीको नगरपालिकातिर गएको आरोप लगाए ।

सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न गरे । उनले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद नचल्ने घोषणा गरे ।


प्रतिक्रिया