कुशल मल्लको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा नामिबियाले टर जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । निर्धारित ओभरमा ८ विकेट गुमाउँदै नेपालले १८० रन जोडेको छ । नेपालका लागि सबैभनदा धेरै कुशल मल्लले नट आउट ५५ रन जोडे । उनले ३७ वलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
यस्तै, गुल्सन झा ले २६, अनिल साहले २३, आरिफ शेखले ३१, दिपेन्द्र सिंश ऐरीले १६ रन बनाए । अरु रोहित पौडेलले १० रन जोड्दा अरु ब्याट्सम्यानले दोहोरो अंक कटाउन सकेनन् । नेपालले फाइनलमा सथान बनाउनका लागि पनि आजको खेल जित्नैपर्ने हुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट