`

त्रिकोणात्मक टी–२० आई सिरिज, नामिबियामाथि नेपालको जित

Nepal One HD १८ फागुन २०८० १५:१६
खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा नामिबियाले टर जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । निर्धारित ओभरमा ८ विकेट गुमाउँदै नेपालले १८० रन जोडेको थियो । १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्रै बनाउन सक्यो । नेपालका लागि करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । अभिनाश बोहोराले एक विकेट लिएका थिए । यसअघि बाटिङमा सबैभन्दा धेरै रन कुशल मल्लले बनाएका थिए । उनले उनले ३७ वलमा १ चौका र ४ छक्का प्रहार गरी ५५ रनमा नट आउर रहे ।


यस्तै, गुल्सन झा ले २६, अनिल साहले २३, आरिफ शेखले ३१, दिपेन्द्र सिंह ऐरीले १६ रन बनाएका थिए । अरु रोहित पौडेलले १० रन जोड्दा अरु ब्याट्सम्यानले दोहोरो अंक कटाउन सकेनन् । नेपालले फाइनलमा सथान बनाउनका लागि पनि आजको खेल जित्नैपर्ने दवावमा थियो । नेपालले भोली नेदरल्याण्डससंग खेल्नेछ ।


प्रतिक्रिया