त्रिकोणात्मक टी–२० आई सिरिज, नेपालको उत्कृष्ट बलिङ, जितका लागि पायो १२१ रनको सहज लक्ष्य

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिज खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन जोडेको हो ।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सबैभन्दा बढी ३१ रन जोडे । टिम भान डर गगटेनले २४ रन बनाए भने कप्तान स्कट एडवर्डस्ले २१ बलमा १८ रन बनाएर आउट भए । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । कुशल मल्ल, करन केसीले समान २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट