`

त्रिकोणात्मक टी–२० आई सिरिज, नेदरल्याण्डसमाथि नेपालको सान्दार जित

Nepal One HD १९ फागुन २०८० १४:४७
खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन जोडेको थियो । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । कुशल मल्ल, करन केसीले समान २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
हिजोको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया