त्रिकोणात्मक टी–२० आई सिरिज, फाइनलमा नेपालले नेदरल्याण्डसको सामना गर्ने

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा आज वर्षाका कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडे ।
नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ ।
आज नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया १५ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ९८ रन जोडेको थियो । त्यसपछि सुरु भएको वर्षा रोकिने अवस्था नभएपछि खेल रद्द गरिएको थियो । नेपालले शनीबार भएको खेलमा नेदरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट