घरेलु मैदानमा उपाधि जित्नबाट चुक्यो नेपाल

खेलकुद

काठमाडौ । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न चुकेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो । नेदरल्याण्डसले जितका लागि पाएको १८५ रनको लक्ष्य ३ बल बाँकी छँदै पूरा गरेको हो ।
जितका लागि नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । उनले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । नेपालका कुशल मल्लले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८४ रन जोडेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट