कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैनः महामन्त्री शर्मा
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले कसैलाई प्रस्ताव नगरेको स्पष्ट पारेको छ । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर बाहिरिएपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैलाई प्रस्ताव नगरेको बताएका हुन् ।
उनले भनेका छन्, ‘नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भुमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र शोधिरहनु भएको छ–के कांग्रेसले फलाना’ लाई प्रधानमन्त्री ‘अफर’ गरेको हो ? स्पष्ट गरौं– कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
