`

न्यूजिल्याण्डले युवालाई अपराधमा लाग्न नदिन सैन्य एकेडेमी स्थापना गर्ने

Nepal One HD २३ फागुन २०८० ८:४६
विश्व

न्युजिल्यान्ड सरकारले युवाहरूमा देखिन सक्ने पुनः अपराधको जोखिम कम गर्न युवा अपराध विरुद्ध सैन्य एकेडेमीहरू विकास गर्ने योजना बनाएको छ ।
बालबालिका मन्त्री करेन छौरले यस बारे जनाकारी दिएका हुन् ।

विभिन्न कारणले युव पुस्ता गम्भीर र निरन्तर अपराधको शृङ्खलामा फसिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न ’सैन्य शैलीका’ एकेडेमीहरूको स्थापना गर्ने र अपराध विरुद्ध विभिन्न किसिमका सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सरकारको तयारी छ ।

सैन्य शैलीको एकेडेमी यस वर्षको मध्यदेखि सञ्चालन हुनेछ । जसमा युवाहरूलाई अज्ञानता र उत्तेजनाका कारण अपराधमा फस्ने तथा पटकपटक अपमानित हुने जोखिम कम गर्न मद्दत गर्न सैन्य कम्पोनेन्टका विषय समावेश हुनेछन् । यस्ता कार्यक्रमले थुप्रै युवा अपराधीहरूका जीवनमा अनुशासित र संरचित वातावरणका साथ वास्तविक परिवर्तन प्रदान गर्नेछ ।


प्रतिक्रिया