नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुने
काठमाडौ । नवनियुक्त मन्त्रीहरुको आजै पद तथा गोपनियताको सपथ हुने भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुको साँझ ५ बजे सपथको तयारी गराइएको छ ।
सरकारमा सहभागी हुने दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि दलहरुले पनि मन्त्रीको नाम टुंगो लगाइसकेका छन् ।
जसपाले मन्त्रीको नाम टुंग्याउन बाँकी छ भने एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रयास भइरहेको छ ।
कुन दलबाट को को बन्दैछन् मन्त्री ?
नेकपा एमाले
१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री
२. राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी मन्त्री
३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री
४. बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री
५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री
७. हरि उप्रेती, रक्षा मन्त्री
८. ज्वालाकुमारी साह, कृषि मन्त्री
नेकपा (माओवादी केन्द्र)
१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री
२. वर्षमान पुन, अर्थमन्त्री
३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री
५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री
४. डोलप्रसाद अर्याल ९डिपी०, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
