`

सचिवालय बैठक सकेर माधव नेपाल बालुवाटारमा

Nepal One HD २३ फागुन २०८० १७:१८
राजनीति

काठमाडौ । सचिवालय बैठक सकिएलगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

उनी उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई लिएर वालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग स्पष्ट जिम्मेवारी सहितका विषयमा छलफल गरेपछि सरकारमा सहभागीताबारे निर्णय लिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् ।
‘आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टचार नियन्त्रण, महंगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका बारेमा प्रधानमन्त्रीसंग छलफल गरेर मात्रै निर्णय गर्ने’, सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।


प्रतिक्रिया