`

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

Nepal One HD २४ फागुन २०८० ७:५८
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले सत्ता समीकरणमा भएको फेरबदलबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि प्रमुख सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षीको भूमिकामा धकेलिएको छ ।

बिहीबार संघीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार विहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्नेछ भने ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।


प्रतिक्रिया