`

प्रधानमन्त्रीले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको कांग्रेसको निष्कर्ष

Nepal One HD २४ फागुन २०८० ११:५५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बेठकले प्रधानमन्त्रीले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने,‘प्रधानमन्त्रीले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो ।यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं । उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।’

कांग्रेसले गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको आरोपसमेत लगाएको छ । कांग्रेसले गठबन्धनका सहमतिलाई पालना गर्न प्रतिबद्ध रहँदै त्यसअनुरूप काम पनि गरेको बताएको छ ।

लेखकले भने, ‘प्रधानमन्त्रीले कपोलकल्पित, भ्रामक र अविश्वसनीय कारणहरू देखाएर गठबन्धन तोड्नुभएको छ । यसलाई हामीले विश्वासघातको रूपमा लिएका छौँ ।’ उनले अब कांग्रेसले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।


प्रतिक्रिया