`

अब काँध नभई खुट्टा फेरिरहन प्रधानमन्त्रीलाई सांसद खतिवडाको सुझाव

Nepal One HD २४ फागुन २०८० १३:०९
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँध नफेरेर खुट्टा फेरिरहन सुझाव दिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा खतिवडाले उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएको र अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् भन्दै प्रधानमन्त्री दाहाललाई काँध नफेरेर खुट्टा फेरिरहन तयार भए फेरिरहन सुझाव दिएका हुन् ।

उनले भने,‘उपप्रधानमन्त्रीको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ, अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर मिलोस् । अहिले काँध फेर्ने कुरा आएको छ । काँध नफेरेर प्रधानमन्त्रीज्यू खुट्टा फेरिरहन तयार हुनुन्छ भने फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

उनले प्रतिनिधिसभामा हराएको प्रधानमन्त्री भेटिएको भन्दै अब सरकारलाई जनताले पनि भेटेर सहकारी पीडितहरुले, सरकारी ठगहरुले, मिटरब्याजी पीडितले न्याय पाउन भन्ने शुभकामना दिए ।


प्रतिक्रिया