अहिलेको जटिल परिस्थीतिमा प्रधानमन्त्रीले अनुभवीहरुलाई मन्त्रिपरिषद्मा सामेल गरे : सुदन किराँती
राजनीति
काठमाडौँ / निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिलेको जटिल परिस्थीतिमा प्रधानमन्त्रीले अनुभवीहरुलाई मन्त्रिपरिषद्मा सामेल गरेको बताएका छन् । बिहीबार संघीय संसद भवनमा पुराना मन्त्री दोहरिदा तपाई पर्नुभएन नी भन्ने सञ्चारकर्मीको प्रश्नमा किराँतीले अहिले मुलुकमा जटिल अवस्था रहेको र जटिलतामा संकमोचनका लागि अनुभवी मन्त्री आवश्यक परेकाले आफु नयाँ टीममा पर्न नसकेको बताएका हुन् ।
उनले राजीनामा चित्त बुझाउनुपर्ने भन्दै चित्त नबुझाउनेले राजनीतिक गर्न नसक्ने जिकिर गरेका छन् । किराँतीले आफु मन्त्रालयमा रहदा धेरै काम गरेको र जिम्मेवारी पुरा गरेको बताए ।
उनले प्रधानमन्त्रीले सहज रुपमा सदनबाट विश्वासको मत पाउने धारणा राखेका छन् । त्यस्तै उनले जुन ठाँउमा रहेपनि देशको सेवामा ध्यान केन्द्रीत गर्ने उल्लेख पनि गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
