`

मैत्रीपूर्ण टी–२० क्रिकेट, हङकङसंग नेपालको हार

Nepal One HD २६ फागुन २०८० १४:४९
खेलकुद

काठमाडौ । मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङकङसंग पराजित भएको छ । हङकङस्थित मिसन रोड ग्राउन्डमा शनिबार भएको खेलमा नेपाल ७३ रनले पराजित भएको हो । हङकङले दिएको २१३ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १६.४ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्रै जोड्न सकेको हो ।

नेपालका लागि विनोद भण्डारीले सबैभन्दा धेरै ४२ रन बनाए । आरिफ शेखले ३८ र कप्तान रोहित कुमार पौडेले ३० रन बनाएर आउट हुँदा नेपालका अन्य ६ खेलाडीले भने दोहोरो अंक पनि कटाउन सकेनन् । हङकङलाई जित दिलाउन बाबर हायातले ११० रन जोडे । उनले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाएका हुन् ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।


प्रतिक्रिया