सुदूरपश्चिम सरकारका हाम्रा पार्टीका मन्त्रीहरू फिर्ता हुँदैनन्ः रेशम चौधरी
प्रमुख खबर
बुटवल । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले निर्वाचन आयोगले आफूलाई अध्यक्ष हुन नपाउने निर्णय गरेको भन्दै त्यसविरुद्ध अदालत जाने बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले निर्वाचनको आयोगको पत्र पाएपछि त्यसकाविरुद्ध आफू अदालत जाने बताएका हुन् ।
चौधरीले श्रीमती रन्जिता चौधरीलाई हटाएर आफु अध्यक्ष भएको दावी गर्दै निर्वाचन आयोगमा पत्र पठाएका थिए। तर निर्वाचन आयोगले उनको दावीलाई खारेज गर्दै उनलाई अध्यक्ष दावी अस्वीकार गरेको थियो ।
उनले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने बताए । उनले देशमा ठूला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए। उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठूला दलहरूले भ्यागुतोको धार्नी बनाउने काम गरेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
