`

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

Nepal One HD २७ फागुन २०८० ११:५५
खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएको छ । हङकङको मोङ कोकमा नेपाल र घरेलु टीम हङकङबीच भइरहेको खेल वर्षाका कारण रोकिएको छ । खेल सुरु भएको केहीबेरमा नै पानी पर्न सुरु भएपछि ग्राउण्डलाई छोपिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले एक विकेट लिएको छ । नेपालका करण केसीले पहिलो वलमा नै विकेट लिएका हुन् । ५ ओभरको खेल सकिँदा हङकङले एक विकेटको क्षतीमा ४३ रन जोडेको छ ।

त्रिकोणात्मक सिरिज खेल्नुअघि शनिबार भएको मैत्रीस्पूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।
नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो पंतीका खेलाडी विना नै हङकङ पुगेको छ । नेपालले भोली पपुवा न्युगिनीसंग खेल्नेछ ।


प्रतिक्रिया