`

नेपाल र हङकङबीचको खेल वर्षाले रद्द

Nepal One HD २७ फागुन २०८० १४:२३
खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । मोङ कोकमा नेपाल र हङकङबीको खेल भइरहेको बेला वर्षा भएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन जोडेको थियो ।

यसअघि ५ ओभरको खेल पूरा हुँदा पानी परेको थियो । पानी रोकिएपछि थप ३ ओभरको खेल पूरा हुँदा नहुँदै पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि पानी रोकिने अवस्था नरहेपछि अम्पायरले खेल रद्द गरेका हुन् ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो । शनीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब पपुवा न्युगिनीसँग खेल्ने छ ।


प्रतिक्रिया