`

बडिगाडको प्रमुख प्रशासकीय अधिकृतमा पूर्ण घर्ती, शिक्षकको तलब मासिक निकासा गरिने पालिका अध्यक्ष अधिकारीको भनाई

Nepal One HD २७ फागुन २०८० १५:५१
शिक्षा

बाग्लुङ । बडिगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पूर्ण घर्तीलाई दिइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन २४ गते घर्तीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको हो । यसअघि उनी पालिकाको शिक्षा शाखा प्रमुख थिए । गाउँपालिका गाउँशिक्षा समितिले शिक्षकले प्रत्येक महिना भुक्तान गरेपछि तलब भत्ता पाउने व्यवस्था कार्यन्वयनमा ल्याउने निर्णय पनि गरेको छ । यस्तै, शिक्षकको सेवा सुविधाको विषयमा आँफू सधै लागिरहने भन्दै पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले शिक्षकले पनि शिक्षा नियमावली, २०५९ को नियम १३३ मा उल्लेखित शिक्षकका आचार संहिता पालना गरी आज्ञाकारिता, सदभावना, सदाचार र सच्चरित्रतालाई आत्मासाथ गरी विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफनो मुख्य लक्ष्य सम्झनु पर्नेमा जोड दिइन् । यस निर्णय संगै गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बालविकास शिक्षकको मासिक रुपमा तलब विद्यालयमा निकासा गर्ने भएको छ ।

यस्तै, गाउँपालिकाले शैक्षिक शुसासन र नितिगत शैक्षिक कार्यप्रकृया कायम गर्न बडिगाड शिक्षा ऐन तथा नियमावली तयार गरी कार्यान्वयनमा ल्याएको छ । साथै राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मा व्यवस्था भए अनुसार आधारभूत तह कक्षा १-३ मा ५ क्रेडिट आवर र आधारभूत तह कक्षा ४-८ मा ४ क्रेडिट आवरको स्थानीय विषय बडिगाडमाला पाठ्यक्रम तयार गरी जिल्लामा नै सबैभन्दा पहिले गाउँपालिकाले कार्यन्वयनमा ल्याएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी बाल विकास सहजकर्ता र अध्ययनरत विद्यार्थीका लागि सकरात्मक सोच र शिक्षण सिकाइमा उच्च मनोवलको विकास गर्न मोटिभेसनल कार्यक्रम, असल शिक्षक, असल विद्यार्थी र असल अभिभावक छनौट र पुरस्कृत कार्यक्रम, विद्यार्थी प्रतिभा पहिचान, बालमनोविज्ञान र प्रविधि मैत्री शिक्षण सिकाईका लागि विभिन्न कार्यक्रम सञ्चालन गदै आएको गाउँपालिकाले यस पटक विद्यालयको उच्च र न्युन सिकाई उपलब्धि पत्तालगाई सुधारका लागि कक्षा ४ देखि गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गर्ने भएको छ । पालिकाले गत वर्ष मात्रै आफनो स्थानीय स्रोत वाट १० वटा बालविकास कक्षा र दरबन्दी थप गरेकोमा नयाँ शैक्षिक सत्र देखि बालबालिकाको संख्या र स्थानीय आवश्यकता पहिचान गरी थप केहि बालविकास कक्षा र दरबन्दी थप्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया