`

उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

Nepal One HD २९ फागुन २०८० १८:३१
प्रमुख खबर

काठमाडौँ, २९ फागुन : नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया