`

दाङबाट काठमाडौंका लागि छुटेको रात्रीबस दुर्घटना, थप विवरण आउन बाँकी

Nepal One HD २९ फागुन २०८० २२:५५
समाचार

बुटवल । दाङको तुलसीपुरबाट काठमाडौं गइरहेको रात्रीबस दाङको कालाकाटेमा दुर्घटनामा परेको छ । ईलाका प्रहरी कार्यालय गड्वाका अनुसार दुर्घटनामा परि तीन यात्रु सामान्य घाइते भएका छन्। घाइतेहरुको भालुवाङमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको ब्लु स्काई कम्पनीको ९७४ नम्बरको बसको टायर फुत्किएपछि सडक किनारको रुखमा ठोक्किएको प्रहरीले बताएको छ । दुर्घटनाको थप विवरण आउन बांकी छ।


प्रतिक्रिया