त्रिकोणात्मक टी–२० सिरिज, नेपाललाई जितका लागि १७२ रनको चुनौति

खेलकुद

काठमाडौ । हङकङको मोङ कोङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले जितका लागि १७२ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतीमा १७१ रन जोडेको हो ।
नेपालका लागि सबैभन्दा धेरै विकेट आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए । करण केसी र गुल्सन झा ले समान १ विकेट लिए । पपुवा न्युगिनीका लागि सबैभन्दा धेरै टोनी उराले ६१ रन बनाए । उनले ३७ वलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट