`

प्रदेश प्रमुख मियाँद्वारा कार्यभार ग्रहण

Nepal One HD २ चैत २०८० १९:५८
राजनीति

सुदूरपश्चिम, २ चैत :सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख नजिर मियाँले आज कार्यभार सम्हाल्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेपछि उहाँले पदीय जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त हुनुभएका मियाँ पहिलो प्रदेशप्रमुख हुनुहुन्छ । सरकारले केही दिनअघि मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका पूर्वअध्यक्ष मियाँ अर्घाखाँची निवासी हुनुहुन्छ ।


प्रतिक्रिया