`

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

Nepal One HD ८ चैत २०८० २२:४३
विश्व

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेका छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मदिरा घोटाला प्रकरणमा उनलाई पक्राउ गरिएको हो । तर, आम आदमी पार्टीले भने केजरिवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

विपक्षी दलका अर्का प्रमुख नेता झारखण्डका हेमन्त सोरेन पक्राउ परेको दुई महिनापछि यो गिरफ्तारी भएको हो। सोरेनले गिरफ्तार हुनुअघि नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए जसमा चम्पाई सोरेनलाई सरकारको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको थियो ।

एएपी नेतृत्वले भने केजरीवाल मुख्यमन्त्री रहने र राष्ट्रिय राजधानी जेलबाट शासन गरिने बताएको छ। केजरीवालको गिरफ्तारी मदिरा छानबिनको सम्बन्धमा अर्को ठूलो गिरफ्तारी पछि आएको हो। बीआरएस नेता के कवितालाई गत हप्ता हैदराबादबाट पक्राउ गरी नयाँ दिल्ली ल्याइएको थियो । उनी ईडीको प्रक्रियाविरुद्ध दिल्ली उच्च अदालत पुगेका थिए ।

उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए । तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो । त्यसपछि उनलाई ईडीले पक्राउ गरेको हो । उनलाई भोलि नै अदालतमा पेस गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया