`

स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी

Nepal One HD ९ चैत २०८० १२:४५
राजनीति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । बयान सकिएसँगै उनलाई आज छाड्ने तयारी भइरहेको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी भएको हो । चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

अदालतले दिएको उक्त म्याद आज सकिँदै छ । उनलाई थप हिरासतमा राख्नका लागि म्याद थप गर्नुपर्ने हुन्छ । तर, सीआईबीले कमजोर स्वास्थ्यका कारण उनलाई छाड्ने तयारी गरेको हो । तर, यसबारे निर्णय भने भइनसकेको बताइएको छ ।


प्रतिक्रिया