नक्कली रक्सी पिउँदा पञ्जाबमा २० जनाको मृत्यु

विश्व

बीबीसी । पञ्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ भने धेरैको अस्पतालमा उपचार भइरहेको छ ।
राज्यका एडीजी (कानून र व्यवस्था) गुरिंदर सिंह ढिल्लनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ ।
भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टीको सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट