वासु शशी स्मृति सम्मान
समाचार
काठमाडौँ, १३ चैत : वासु शशी स्मृति परिषद्ले तीन स्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौँमा आज गीतकार किरण खरेल, साहित्यकार प्रतिसरा सायमी र साहित्यकार प्रा डा विष्णु राई सम्मानित हुनुभएको हो । दिव्य शताब्दी पुरुष चिकित्सक डा गौरीशङ्कर लाल दासले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो । गीतकार किरणले ‘वासु शशी साहित्य सम्मान–२०८०’ ले पुरस्कृत गरिएको छ भने साहित्यकार प्रतिसरा र विष्णुलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८०’, ले पुरस्कृत गरिएको छ ।
पुरस्कार राशि जनही रु २५ हजार छ । कवि एवं नाटककार वासु शशीको ८८औँ जन्मयन्तीको अवसरमा स्रष्टा सम्मान गरिएको हो । परिषद्का अध्यक्ष गणेश रसिकले परिषद्मार्फत साहित्य र नाट्य क्षेत्रमा सक्रिय व्यक्तित्वको सम्मान र हौसला दिँदै आएको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
