कानुन निर्माणको प्रक्रियामा सबै दल एक ठाउँमा आउनुपर्छः सांसद पौडेल
राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानले निर्देश गरेका कानुनहरु बनाउने सवालमा सबै दललाई एक ठाउँमा उभिन आग्रह गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले दलका प्रतिनिधिहरु सदनभित्र बस्दा जुन–जुन खण्डमा गएर बसेपनि कानुनहरु बनाउने सवालमा सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।
उनले भने,‘टीआरसीसँग सम्बन्धित कानुन बनेको छैन । हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन खण्डमा गएर बस्छौं कहिले कुन खण्डमा बस्छौं । तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ ।’
उनले शान्ति प्रक्रियासँग सम्बन्धित कानुन खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको विषय पनि अल्झिएर बसेको भन्दै त्यसलाई छिटै टुङग्याउनु आवश्यक रहेको पनि बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
