`

एउटा पार्टीले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा

Nepal One HD १८ चैत २०८० १७:५९
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशीता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् ।

पार्टीनिकट नेपाल महिला संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले बहुमत कुनै एउटा पार्टीले ल्याउन गाह्रो रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको संविधान समावेशिता र समानुपातिक रुपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन । नेपाली कांग्रेस देशको लागि लडेको पार्टी, आपसी एकताको कमीका बाबजुद देशको ठूलो पार्टी बनेको छ । बहुमत प्राप्त गर्न सकेको छैन । यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ ।’

उनले कांग्रेस महिला सशक्तिकरणका लागि लडेको पार्टी भएका कारण महिला नेतृहरु क्रियाशील भएमा बहुमत ल्याउन सकिने बताए ।


प्रतिक्रिया