`

कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

Nepal One HD २७ चैत २०८० ११:३२
समाचार

धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन् । मंगलबार बिहान ७ बजेको समयमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० थेवरस्थित कलेशु चौधरीका २ छोरी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेमा उनकी छोरीहरू वर्ष २७ की श्रीमालु चौधरी र वर्ष २२ की ईन्द्रा चौधरी रहेका छ । प्रहरीले उनीहरु कोठाको बल्लीमा दोपट्टाको पाँसो लगाई झुन्डिएको अवस्थामा भेटिएका जनाएको छ । अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया