`

संसदीय समिति गठनको माग गर्दै नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

Nepal One HD २७ चैत २०८० १३:१७
राजनीति

काठमाडौं । सरकार सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न असहमत भएपछि नेपाली कांग्रेसले सदन अवरुद्ध पारेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकको सूरुमा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले प्रतिनिधि सभा बैठकमा बोल्दै सहकारी प्रकरणमा निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेकी थिइन् ।

उनले समिति गठन नभए बैठक अवरोध हुने पनि बताइन् । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए। लगत्तै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका छन् ।


प्रतिक्रिया